गजब छिन् प्रकृति

गजब छिन् प्रकृति


वैशाख मासै पनि, किन झरेकी यस्तो विधि,
केहि त छ हावामा, पानी बनी काट्दै रुझी रुझी

केहि त भन्दै छिन्:
‘घर भित्रै बस लक्-डाउनमा,
केहि न केहि रोप खानुपर्छ आफ्नै बारीमा,
मलाई हेर्दा होस् या नहेर्दा,
मुरी-मुरी भरेकै छु नि’
‘पर्यावरण नबिगार, हर दिन केहि सुधार,
हे मानव, मलाई नराप न सधैँ भरि,
तिमि बिना पनि केहि हप्ता मै तङ्ग्रिन्छु, ल हेर यसरी’

वैशाख मासै पनि, किन झरेकी यस्तो विधि,
केहि त छ हावामा, पानी बनी काट्दै रुझी रुझी |


सञ्जीव अधिकारी
७।५।२०२०

Comments

Popular posts from this blog

लिपुलेक उद्घाटन

To Indian Intelligence

भाटभटिनीमा प्रवेश निषेध