क्वारेन्टाइन
देशको ७० वर्ष सम्मको विकाश देखियो | देशका युवाहरुलाई क्वारेन्टाइन मै मार्ने योजना त होइन ? लक् डाउनको २ महिना र २ वर्षको शासन कालमा केहि लछारपाटो लागेन | ढकाल र ओलीले राजिनामा दिनुपर्छ | सरकारले COVID को तथ्यांक लुकाउने र जनता दबाउने काम गरेको छ | ८० दिन देखि नेपालमा संक्रमण फैलिएको हो - टेस्टइंग मै चुकेको हो सरकार | ओली अस्पतालमा आराम गर्दा ढकाल सुतेको थियो | COVID पछि जनता सडकमा उठ्ने डरले ‘भारत अनि नेपाल सरकार’ लिपूलेकको बेमौसमी बाजा बजाउदै छ | हे ओली, तिमी COVID सुरु हुँदा, पहिले अस्पताल गएका थियौ कि नापी कार्यालय? सिथिल भएका जनताहरुलाई क्वारेन्टाइनमा दबाउने होइन, होस्पिटलमा राख्ने हो | सिमामा काँडे तार होइन - पहिला देशलाई स्वास्थ बनाउने, देशको विकाश गर्ने हो, नत्र तिमीहरु जस्ता नेताहरुलाई जनताहरुले काँडेदार कोराले हान्ने बेला आएको छ। कुरा छल्ने होइन काम गर्ने, अन्यथा बालकोट, झापा या त ताप्लेजुंग आएसोलेसनमा रामराम जप्दै बस्ने | COVID नियन्त्रणको नेपाल सान्दर्भिक मोडेल हुनु पर्यो | ओली मोडल भ्रम मात्रै हुने भयो | सञ्जीव १८।५।२०२०