लिपुलेक उद्घाटन

कोरोनाको विश्वव्यापी एकान्तवासमा पनि भारत चीनले लिपुलेक कब्जा गरि कैलाश कोरेडोर उद्घाटन गरेको छ। इतिहासले यो घटना को पल पल मुल्यांकन गर्नेछ नेपाल सरकार मौन छ। एक मन खिन्न बनायो अर्को मानले सोच्यो, ‘लिपुकेकको बारेमा मैले कुन सामाजिक शिक्षामा पढे होला ? मैले नेपालको नक्सा बनाउदा लिपूलेकको चुच्चो आकार (बोटल नेक) कहिले बनाएर ?’, सोच्न बाध्य भए दशकौं देखि नेपालले लिपूलेकलाई वेवास्ता गर्दै आएको छ। नँया पुस्तहरुलाईयहाँ सम्म किनेपालमा लिपुलेक भन्ने ठाउँ पनि भन्ने सम्म पर्यो ? हे कैलाशनाथ हामी नेपालीहरुबाट किन यस्तो भुल?’, सोच्न पुगें दुई दशक पहिले कैलाश मानसरोवरको नक्सा हेर्दा नेपाल हुदैँ कैलाश जाने बाटो हेर्दा नै नेपालको सुदुरपश्चिम अनि भारतको उत्तरखंडबाट यो बाटो किन बन्न सकेन भन्ने प्रस्न पनि मनमा उठ्ने गर्द थियो।
आफ्नो देशको अर्थतन्त्रको मोडेल हेर्दा सानो उदाहरण दिन मान लायो त्रिभुवन एरपोर्टबाट कालोपुल सम्म आउदा रु. ६०० लिने ट्याक्सी ड्राइवरको या पैसाको मोलतोल सम्बन्धि कुनै ज्ञान छैन या कम्जोर राज्यको भरपुर फाइदा उठाउंदै लुट्दैछ यो सबै व्यापार-व्यापारीहरुमा लागु हुन्छ- जाने बुझी कालो बजारी, उच्चतम मूल्यमा हरेक चिजको कारोबार हुन्छ भने देशले आर्थिक गतिबिधिमा फड्को मार्नै सक्दैन। २० वर्ष देखि नेपालको बाटो हुदैँ कैलाश मानोसरोवर जानलाई रु. - लाख प्रति व्यक्ति मूल्य तिर्दै आएका छन् यस्तो तरिकाले पर्यटन कसरी आगाडी बढ्न सक्छ ? भारतीय चीन दुवै हरेक वस्तु सस्तो खोज्ने गर्दछन् -स्वाभाविक रुपले उनीहरुको विशाल जनसंख्या अनि एकोनोमि अफ इसकेल ले गर्दा सस्तो वस्तु धेरै सुविधा खोज्छन उनीहरु हरेक चिज आर्थिक रुपले हेर्ने गर्दछन्
भारतीयहरुले जति हिन्दुत्त्वा-शक्ति पीठहरुलाई पुज्ने संसारमै अरु कोइ छैनन्। उनीहरु कै हो यो देव भुमि किन लिपुलेक मात्रै; कैलाश सम्म नै कुनै जमानामा उनी हरुकै हो -यस्तै भन्ने गर्छन प्राय भारतखण्ड प्रेमी भारतवासीहरु भारत भुमि हाम्रो पनि हो -कुनै जमानामा हाम्रो पनि धेरै हिस्सा थियो मैले भारतमा पढदा भन्ने गर्द थिए नेपाल मेरो मात्रै होइन तपाईहरुको पनि हो, भारत तपाईहरु को मात्रै होइन, मेरो पनि हो पशुपतिमा किन आज पनि साउथ इन्डियन पुजारी छन् कसले भारतीय जनता पुजारीहरुलाई कश्मिर, अफ्गानिस्थान, म्यानमार, थैलैंड, मलेसियाबाट अन्य पहाडी भेग बाट खेध्यो ? उत्तर पूर्वबाट मंगोल, पश्चिमबाट मुगल पर्सियनहरुको आगमन संगै भारत-नेपालको हिन्दुत्त्वामा तोडफोड, काटमार, अपहेलना, गाली वेइजत्ति विनाश हुन थालेको हो पुरानो भन्दा पुरानो इतिहास हर्ने हो भने भारतखण्ड एउटै हो। ब्रिटिश संगको इतिहास हेर्ने हो भेने लिपुलेख नेपाल कै हो गोर्खाली इतिहास हर्ने हो भने कांगडा टिस्टा सम्म पुगेकै हो। लिपूलेक सम्म हेर्दा पनि कसले किन बिच्यो भन्ने प्रस्न ऊठछ नयाँ पुस्ताहरुलाई बिचमा किन लिपुलेकको जानकारीनै गराइएना ? गल्ति कसको ? लिपुलेक के -सुदुरपश्चिम सम्म पनि किन नेपाल सरकारले हेर विचार गर्न सकेन ? सुदुरपश्चिमाका युवाहरु भारतमा स्याउ टिप्न, बाटो खन्न आजपनि भारतीय पहाडी भेगमा किन जानछन् ? हाम्रो देशमा बाटो बनाउने सोच्न किन आएन ? आफ्नै देशको कृषि उपजको भरपुर फाइदा उठाउने सोच किन आएन ? कैलाश जाने तिब्बत संग व्यापार गर्ने धेरै भन्दा धेरै बाटो किन बन्न सकेन ?
कैलाशको यात्रा पशुपति फर्केपछि मात्रै पुरा हुन्छ भन्ने सुनेको थिए यदि त्यसो हो भने कैलाश यात्रा पछि जसरी पनि भारतीयहरु पशुपति फर्कनै पर्छ कैलाश जाने मुख्य बढी पर्यटन यात्रुहरु भारतीयहरु नै हुन् नेपाललाई जसरी पनि फाइदा नै नेपालले पनि पश्चिमी भारतीयहरुलाई समेट्ने गरि साथै विश्व पर्यटनलाई नै आकर्षण गर्ने गरि, झन् सस्तो छरितो कैलाश मार्ग तुरुन्तै बनाउन जरुरी कैलाशबाट पशुपति फर्कदा एउटै मार्गबाट सस्तोमा, झन् रमणीय सुरक्षित महशुस हुनेगरी यात्रा पुरा होस्
हाम्रा केहि भुलहरु:
कैलाश मनोसरोवरलाई आर्थिक, धार्मिक तथा एतिहासिक कोणले नहेर्नु। नेपालले कैलाश -तिब्बत संग आर्थिक विकासको रुट बनाउन नसक्नु यदि बनाउने सुइँको पाउने बित्तिकै भारतीय हस्तछेप हुनु (नेपाल सरकारले यसरी बनाउने पक्कै सोचेन) नेपालको पूर्व पश्चिम उत्तर दक्षिण सिमा नक्साको हेरविचार नगर्नु तथा वार्षिक सिमा प्रतिवेदन नवन्नु रिपोर्टिंग नहुनु भारत नेपालको सिमा विवाद मुद्दाहरु अन्तराष्ट्रिय स्थरमा उठाउन नसक्नु नँया पुस्तहरुलाई शैक्षिक स्थर बाटै सिमा सम्वन्धि चेतना नजगाउनु नेपाली जनता संग परामर्श नगरी नेपाललाई हिन्दु राष्ट्रियको सुचीबाट हटाउनु नेपालले चीन भारत संग चुस्त-दुस्त कुटनीतिक सम्बन्ध राख्न नसक्नु पोलिटिकल अस्थिरता नेपालमा अन्तराष्ट्रिय दलाल देशद्रोही नेताहरुको बिगबिगी हुनु नेपाल -भारत चीन युरोप अमेरिका -सबैको राजनैतिक थलो बन्नु कुटनैतिक कोण बिगार्दै राजनैतिक गन्जागोलमा फस्नु भारत चीन संग आर्थिक परजीवी बन्नु आफ्नै श्रोत साधनको प्रयोग गर्न नजान्नु -आत्मा निर्भरता बन्न नसक्नु विश्व हल्लाउने शास्त्र -अश्त्र सम्म पहुच नहुनु
अत: भारतमा पढ्दा सिंगो कक्षा भारतीय विद्यार्थी प्राध्यापकहरु संग एक्लो केटो देशको वकालत गर्ने गर्दथिए उनीहरु भन्ने गर्द थिए, तिमीमा जस्तो देशभक्ति हामी माझ कसैमा छैन हाम्रो देशभक्ति केवल इंडिया पाकिस्तान क्रिकेटमा केहि युद्धको बखत मात्रै हुन्छ पछि देश फर्किए -देश राष्ट्रियता हर दिन खोक्रो लग्न थाल्यो, कारण अन्तरिक राजनीति हामी एक जुट, शक्तिशाली दक्षिण एशिया कै सुपर पावर भएको भए राष्ट्रियताको झन् बढी, चरम घमण्ड हुन्थ्यो होला तर जब राष्ट्रियता नेताहरुले जनता उचाल्ने, जनता शहिद बनाउने, सत्तामा पुग्ने खाने खेल मात्रै देखियो, तव राष्ट्रियता पिजडाको सुगा डोकोले छोपेको कुखुरा जस्तो लाग्न थाल्यो भारतले खोजेको पनि यस्तै हो तसर्थ आउनुहोस लिपुलेकको वहस गरौ -लिपूलेक भन्दा शक्तिशाली मार्ग खोजौं विश्व रुँदाको बखत कैलाश राजमार्गको उद्घाटन किन, उपयुक्त समयमा विश्व हाँसेको बेला कुनै सिमा विवाद नुहुने गरि महामार्ग स्थापना गरौँन अन्तमा: नेपालको लिपुलेक बोटल नेक प्रयोग गरि भारतले चीन संग कारोबार गर्छ भने हामी नेपालीहरुले पनि भारतको चिकेन नेक मार्फत बंगलादेश संग व्यापार गर्ने राजमार्गको मुद्दा अगि बढाउनु पर्छ कैलाश मानसरोवर पशुपतिनाथले सबैको रक्षा गरुन
सञ्जीव अधिकारी
९।५।२०२०


Comments

Popular posts from this blog

To Indian Intelligence

भाटभटिनीमा प्रवेश निषेध