भाटभटिनीमा प्रवेश निषेध
आज बिहानै भाटभटिनी स्टोरेमा सामान किन्न गएको थिए — केहि खाद्य वस्तु र केहि दैनिक उपभोग्य वस्तु। अलि पहिलेको जस्तो सामाजिक दुरी कायम गरेको लाइन पनि थिएन — हुनु पर्ने हो, तर मान्छेहरु फुत्त-फुत्त भित्र छिर्दै थिए, सायद बिहान बिहान भएर होला । त्यस्तै हुने अनुमान ले त्यहि बिहानको मौका छोपेर गएको थिए — साइकल चलाउँदै ।
तर स्टोर-गार्डले भित्र प्रवेश दिएन। कारण मेरो मास्क माथिको बन्देज — गार्डको जवाफ, ‘यो मास्क हुँदैन…यस्तो खालको मास्क लाई भित्र जना नदिनु भनेको छ….’। मैले सम्झाउदै भने ‘यो मास्क नै हो दाई …’ तर उसले मानेन। अलि सम्झाउने कोसिस गरे तर उसले मान्दै मानेन ‘होइन दाई, माथिबाट आदेश छ, एस्तो खालको मास्कलाई जानै नदिने आदेश छ……’ भन्यो। खासै बहस गरिन, उसले भनेको मान्दै नजिकैको मेडिकल पसलमा मास्क किन्न गएको पनि थिए — बिहान पसल बन्द थियो, मास्क पाउने कुरै भएन। फर्कीएर फेरी अनुरोध गरे तैपनि प्रवेश दिएन। गार्डको लेंड़े ढिपी देख्दा अचम्म लग्यो। उसलाई रिस उठ्ने गरि भनेको पनि होइन। फेरी बोलि बचन पनि राम्रै गरेको थिए। यो सम्झाएर सम्झाने खालको मान्छे रहेनछ जस्तो लागेपछि रित्तो हात फर्किए। जे होस् गार्ड को नज़रमा मास्क जस्तो देखिनु पर्ने सानो टुक्रो मुखमा लगाउनु पर्ने रहेछ — उसकै भाषामा भन्नु पर्दा एउटा सानो मोला जस्तो टुक्रो, कानमा बांधिएकोलाई मास्क भन्ने रहेछ जस्तो महसुश भयो।
जुन स्टोरेमा मान्छेहरु डिसपोजेवल मास्क पनि रि-युज गरि लगाएको देखियो — इलास्टिक लुज भएर ल्याफ्र्याक-ल्याफ्र्याक हल्लिएको मास्क; यहाँसम्म कि, जुत्ता को तना छिराउने दुई वटा प्वाल परेको प्लास्टिकको मास्क; घरेलु सिलाई बुनाईको मास्क लगाएर पनि प्रवेश गर्दै थिए। यधपी म सबै ग्राहकको कोशिस प्रति सम्मान गर्छु। अन्य व्यक्तिहरुले विभिन्न खालको मास्क लगाएको देखें भाटभटिनीमा — मास्कको गुणस्तर हेर्दा ९०% को विल्कुल सामान्य मास्क थियो — जुन विकसित देशबाट मास्कको मापदण्ड नपुगी चीन फिर्ता गरिएको भन्दा निक्कै काम गुणस्तरको थियो। कतै मास्कमा पनि हामी चीन संग गुणस्तर हिन ग्राहक त बनेका छैनौ? मास्क लगाउंदैमा सब ठिक हुन्छ भन्ने भ्रममा नपरौं, र अन्य व्यक्ति ले टालो नै बेरे पनि अपहेलना नगरौं।
-मास्क COVID नियन्त्रणको अचुक औजार होइन
-घरेलु रुलाम पनि राम्ररी लगाउन सके अरुलाई राम्रै हुन्छ
-मास्क भनेको आफु पनि बच्ने अरुलाई पनि बचाउने उधेश्यले लगाउने हो — तथापी यो राम बाँड भने होइन
-मेरो मास्कले ‘म पनि केहि हद सम्म सुरक्षित छु र अरु पनि सुरक्षित हुने छन्’ भनेरै लगाएको हुँ
-यदि मास्क कै आधारमा भाटभटिनी प्रवेश पाउने/नपाउने हो भने आजको एकै छिन मानिसहरुको मास्क हेर्दा सबै मा खासै गुणस्तर थिएन — मेरो, उनीहरुको र सबैको स्थिति एउटै हो।
मोदी महान थिए — चीन संग मास्कको सम्झौता गरेनन, बरु भारतीयहरुलाई घरेलु मास्कको नमुना प्रदर्शन गरे। हाम्रो जस्तो — मास्क मै करोडौं लुट्ने, भाषण गर्दा माइक माथि रुमाल राख्ने देश संसारमा अन्त कतै होला र ! र प्रेमियम मल्टि प्रपोज, डबल फोल्डेड — सैकलिंग, हिमालयन ट्रेक गर्दा लगाउने मास्क लगाउदा पनि स्टोरेमा प्रवेश निषेद हुने देश संसारमा अन्त कता छ र ! त्यो पनि COVID को संकटमा खाद्य वस्तु किन्न जाँदा, मर्म नबुझी उल्टो रित्तो हात फर्कनु पर्दा अरुलाई पनि त्यस्तो नमजा नहोस।
सञ्जीव अधिकारी
२८। ०५। २०२०
Comments
Post a Comment